पदमुक्त बादलको आजै पुनःनियुक्ति, आज साँझ सपथ

काठमाडौं, ५ बैशाख ।  रामबहादुर थापा ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने भएका हुन्।सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन्।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए।

थापाको पद गुमेपछि अब उनले पुनस् मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो। मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board