जुनसुकै बेला चुनाव हुनसक्छ तयार रहनुस् : ओली (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं ६ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै बेला पनि चुनाव हुनसक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको ओलीको विश्लेषण छ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले ओलीले अनुशासनहीन क्रियाकलापमा लागेका प्रति कठोर हुने बताएका छन् ।

प्रतिवेदनमा पार्टी एकीकरण, संकट र एकीकरण अन्त्यका तीन वर्षमा भएका उतारचढावबारे केन्द्रीत रहेर विश्लेषण गरिएको छ । संसदलाई अस्थिरताको थलो बनाउने प्रयास हुँदै गरेको, राजनीतिमा विकृति र विसङ्गतिको जोखिम बढेको र आफ्नै पार्टीका कतिपय नेताहरुले शक्तिकेन्द्रसँग साँठगाँठ गर्दै सरकार विरुद्ध गरेको घेराबन्दी र षडयन्त्र गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको भन्दै संसद वघटनको बचाउ गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ । प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भएपनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी निर्माण तथा सुद्धीकरण र सवृद्धिको अभियानलाई तीव्रता दिने पार्टी आगामी कार्यभार भएको प्रतिवेदनमा उल्लेख छ । ‘ ‘अहिले विभाजनकारी गतिविधिमा लागेका नेताहरुले अन्तिम विनाश हुनुभन्दा अगाडि आफैंले आफैंलाई गम्भीरतापूर्वक रिभ्यु गर्नुस् र गलत बाटो छोड्नुस भन्ने हाम्रो आश्य छ।’ बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ, जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ । जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको ज्ञवालीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board