काठमाडौं १२ बैशाख । भारतको राजधानीमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ। अब लक डाउनको समयवधि आगामी मे ३ ससम्म लम्विएको दिल्लीका मुख्यमन्त्री अरबीन्द केजरीवालले बताएका छन् ।
यसअघि गत सोमबार एक साताका लागि लकडाउन गरिएको थियो।
लकडाउन हुनुअघि दिल्ली छोड्ने आप्रवासी कामदारको ताँती लागेको थियो।त्यसरी बाहिरिने कामदारलाई सम्वोधन गर्दै मुख्य मन्त्री केजरीवालले दिल्ली नछाड्न आह्वान गरेका थिए ।
एक साता लकडाउन गर्दा पनि महामारी नियन्त्रणमा अवस्थामा सुधार आउनुको बदला झन स्थिति भयावह भएपछि दिल्ली सरकारले सोमबार फेरि एक साता लकडाउन थप्ने निर्णय गरेको भारतीय समाचार ससंस्थाहरुले बताएका छन् ।
यसस अभि कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।
भारतमा शनिबारमात्रै ३ लाख ४९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सय जनाले ज्यान गुमाएका थिए।यो सरकारी तथ्यांक हो । रेकर्डमा नआएका मृत्यु हुनेहरुको संख्या निकै धेरै भएको बीबीसीले जनाएको छ ।
COMMENTS