काठमाडौँ १७ बैशाख— कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) भारतसँगका रहेका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, विर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।यी बाहेकका अन्य नाका बन्द गर्ने निर्णय गरेको छ । प
छिल्लो समय भारतमा कोरोना संक्रमण भयावह बनेका कारण भारतबाट नेपाल छिर्नेको भीड बढेको छ । त्यहां सिमति ससाधन स्रोतका कारण एन्टीजेन परीक्षण समेत हुन सकेको छैन ।
आजको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ ।
सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।
COMMENTS