काठमाडौं, २० बैशााख । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो साढे तीन बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।
COMMENTS