प्रधानमन्त्रीले फेसबुक म्यासेन्जरबाट सोधेको स्पष्टीकरणको जवाफ म्यासेन्जरबाटै

काठमाडौं, २० बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका थप सांसदलाई स्पष्टीकरण सोधेका छन्। यसअघि माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका प्रधानमन्त्री ओलीले यसपटक सांसदहरूलाई कार्यालय सचिव शेरबहादुर तामाङमार्फत् स्पष्टीकण पत्र पठाएका हुन्। सांसद कलिला खातुनले फेसबुक म्यासेन्जरबाट आफूलाई तामाङले स्पष्टीकरण पत्र पठाएको बताइन्। मैले जवाफ पनि म्यासेन्जरबाट पठाएँ, खातुनले भनिन्,अर्को दल खोल्ने तरिकाले हिँडेको हो ? भनेर सोधिएको थियो। आफूलाई १७ गते सोधिएको स्पष्टीकरणमा जवाफका लागि तीन दिनको समय दिइएको उनले बताइन्।

‘पार्टीको विधानबारे प्रश्न थियो। मैले नयाँ विधान पढ्न पाएको छैन’, खातुनले भनिन्। जवाफमा आफूले संसदीय दलको नेता प्रधानमन्त्रीलाई मानिएको उल्लेख गरेको उनले बताइन्।

ह्विप पालना नगरे कारबाही भोग्छु भनेको छुु, खातुनले भनिन्, म संसदीय दलको बैठकमा उपस्थित पनि भएको छु।

तर आफूले जवाफमा पनि र प्रधानमन्त्रीलाई पनि नवौँ महाधिवेशनको विधान अनुसार अगाडि बढ्नु उचित हुने बताएको खातुनले बताइन्।

मैले प्रधानमन्त्रीलाई संसद विघटनविरूद्ध माधव कमरेडको पक्षमा हिँडेको हो भनेर भनेको छुु, खातुनले भनिन्, ुसंसद ब्युँतिएपछि मैले कसैको विरोध गरेको छैन।

एमाले सांसद समीना हुसेनले पनि फेसबुकको म्यासेन्जरमा स्पष्टीकरण सोधिएको बताइन्।

‘स्पष्टीकणमा धेरै कुरा विधानको थियो। मैले पनि सबै जना विधि विधानमा चल्नुपर्छ भनेर लेखेर पठाएको छु। म माधव नेपाल पक्षको हो भन्ने लाग्यो कि, रौतहटको पनि भएँ, हुसेनले भनिन्, जवाफमा केपी शर्मा ओली अध्यक्ष हो। पार्टीको अध्यक्षलाई नेता मान्ने हो भनेर लेखेको छु।

उनले माधव नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफू सहभागी भएकै कारण स्पष्टीकरण सोधिएको हुनसक्ने बताइन्।

विधिको विधान अनुसार हिँडेको हो भनेर जवाफ दिएको छुु, हुसेनले भनिन्, ुअब जवाफबाट ढुक्क हुने र नहुने कुरा उहाँको व्यक्तिगत कुरा भयो। मैले अन्यथा गतिविधि गरेर हिँडेको छैन भनेको छु।

उनले जीवनमा पहिलोपटक स्पष्टीकरणमा जवाफ दिनुपर्दा नरमाइलो लागेको बताइन्।

जीवनमा पहिलो पटक स्पष्टीकरण खाइयो। जागिरमा पनि स्पष्टीकरण खाइएको थिएनु, हुसनेल भनिन् , म एमालेमा सधैं छु, सधैं रहन्छु। अरू कुनै गतिविधिमा हिँडेको छैन भनेर जवाफ दिएको छु।ु

उनले प्रधानमन्त्रीले संसद विघटन गर्दा आफूले खुलेर विरोध गरेको बताइन्। तर अहिले संसद पुनर्गठन भएपछि विरोध नगरेको दाबी गरिन्।एमालेकै अर्की सांसद गंगा चौधरीले भने स्पष्टीकरण नसोधिएको बताइन्।

सोधेको भए पनि त्यसलाई अन्यथा लिन हुँदैन। प्रधानमन्त्री पनि त कन्फर्म हुनुपर्‍यो। विश्वासको मत लिने भन्नु भएको छ। एमाले जोगाउनुपर्‍यो भने जवाफ दिन अप्ठ्यारो मान्नु हुन्नु, चौधरीले भनिन्, कि दलको नेता केपी ओलीलाई मान्दिनँ भन्नुपर्‍यो होइन भने पार्टी अध्यक्ष र दलको नेताले सोध्नु गलत हुँदैन।

विगतमा नेकपा फुट्नु हुँदैन एकता हुनुपर्छ भन्ने लाइनमा भए पनि आफू अहिले एमालेमा रहेको उनले बताइन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board