जेठ २ कि फागुन २८ भन्नेमा कुरा अड्केपछि एमाले छलफल निष्कर्षविहीन

काठमाडौं २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच बालुवाटारमा भएको छलफमा सहमतिका लागि जेठ २, २०७५ कि फागुन २८ २०७७ भन्नेमा कुरा अड्केको छ । झण्डै आधा दिन चलेको छलफले कुनै निष्कर्ष दिन नसकेको नेता योगेश भट्टराईले बताए ।

भट्टराईका अनुसार “पार्टी मिलाउँ भन्ने कुरा सबैको साझा धारणा रह्यो, पार्टी मिलाउने कुराचाहिँ आफ्नाआफ्ना रह्यो । हामीले जेठ २ लाई नै आधार बनाउनुपर्छ भन्ने कुरा राख्यौँ ।”
तर, उहांहरुले (ओली पक्षले) जेठ २ मा फर्कने होइन फागुन २८ को निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्छ भन्ने कुरा अघि सारेपछि कुरा मिलेन ।

भट्राईका अनुसार फेरि छलफल गर्ने र बीचको कुनै विकल्प निस्कन्छ कि भन्ने कुरा भएको छ, आज भएको छलफल प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि फेरि बस्ने कुरा भएको छ उहांहरुले खबर गर्नुहोल भट्टराईले भने ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल,र विष्णु रिमाल सहभागी थिए भने नेपाल समूहका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र भट्टराई सहभागी थिए ।

छलफलमा सुरेन्द्र पाण्डेलाई बोलाइएको थियो । तर, उनी कन्ट्याक ट्रेसिङमा परेकाले उपस्थित हुन नपाएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board