ओलीलाई दिएको समयसीमा सकिएपछि झलनाथ–खनाल पक्षको बैठक सुरु

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल निकट सांसदहरूले नेता नेपाललाई राजीना पत्र बुझाएका छन् ।

राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपालस“ग अहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले अन्तिम छलफल गरिरहेका छन् । माधव नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाइसकेका छन् । राजीनामा बुझाउनुअघि नेपाल पक्षका सांसदहरू सिंहदरबारमा बैठक बसेका थिए । हामी आवश्यक परेमा राजीनामा दिन तयार भएर माधव नेपाललाई हस्ताक्षर पनि बुझाइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन् । विश्वासको मत लिने अघिल्लो दिन नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । नेता नेपाल पक्षले गत फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board