अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज आज चीन जाँदै

काठमाडौं । अक्सिजन सिलिन्डर ल्याउन आज नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज चीन जाने भएको छ । जहाज आज राति साढे ११ बजे काठमाडौंबाट चीनको राजधानी बेइजिङका लागि उड्ने र अक्सिजन सिलिन्डर लिएर मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने समय–तालिका रहेको नेपाल वायु सेवा निगमले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ । साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ ।

चीनबाट जम्मा २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। तर पहिलोपटक ४ सय थान मात्र ल्याउन लागिएको हो । कोरोना संक्रमण ह्वात्तै बढेपछि अहिले देशमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board