पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति नेपालको चिन्ता


काठमाडौँ, ३० वैशाख:
पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो ।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ । गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नाश भएका सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो ।
–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board