प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान

काठमाडौं, ३१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले परिवर्तन विरोधी प्रगितामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

मुस्लिम समुदायका पर्व इद उल फित्रको अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आह्वान गरेका हुन् ।

प्रचण्डले महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन आग्रह गर्दै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board