आफूले सरकार बनाउन नसक्नु र अरुले सरकार बनाउनु प्रतिगमन – प्रधानमन्त्री ओली

काठमाडौं, ३१ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताएका छन् । तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ‌ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताए ।

राष्ट्रपति कार्यालयमा शुक्रबार शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि बोल्दै प्रधानमन्त्रीले मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको बताएका हुन् । ुयतिबेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन्, प्रधानमन्त्री ओलीले भने, आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्, मुलुकमा प्रतिगमन भएको छ ।वर्तमान सरकारलाई प्रतिगमनमा गएको देख्नेहरूले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।कोरोना महामारीका बेला सबै राजनीतिक दलहरू एकजुट भएर त्यसको नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board