काठमाडौं उपत्यकामा घट्न थाल्यो संक्रमण दर

काठमाडौं । केही दिनदेखि ३ हजार माथि भेटिँदै आएका काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आज घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर भेटिएका ८ हजार १६७ सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाका सङ्क्रमितको संख्या २ हजार ९३७ रहेको छ ।

आज भक्तपुरमा ३४७ ललितपुरमा ४४४ र काठमाडौंमा २ हजार १४६ जनामा सङ्क्रमण देखिएको छ । अहिले काठमाडौंमा ३० हजार १२४ भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १०१ गरी उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ४२ हजार २२५ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board