जसपाभित्रको विवाद विस्फोटक, ठाकुर संसदीय दलमा र यादव कार्यसमितमा बहुमत, पत्रयुद्ध सुरु

काठमाडौँ २ जेठ – जनता समाजवादी पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ । सपाका दुई पक्षबीच ओली लाई समर्थन गर्ने कि बैकल्पिक सरकार बनाउने भन्ने विषयमा चर्केको विवाद अब पार्टीका आन्तरिक संगठनभित्र विभाजनको तहमा प्रवेश गसरेको एक नेताले बताए शानिबार अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले बहुमत केन्द्रीय सदस्यको उपस्थितिमा कार्यसमितिको बैठक गरेर दुई दिन अघि भक्तपुरको एक गेष्ट हाउमा गरिएको बहुमत ससांसदको हस्ताक्षरबाट दल नेता बनेका राजेन्द्र महतोलाई अवैधानिक ठहर गरेको छ । ‘ सरकार गठनको विषयमा मतभेद हुँदा पार्टीभित्र सुरु भएको विवादका कारण दुई पक्षबीच एकअर्काप्रति सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने प्रतिस्पर्धामा जससपा उत्रेको छ ।

ठाकुर पक्षले एकलौटी रुपमा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको बताएपछि त्यसको प्रतिवाद गर्दै उपेन्द्र यादव पक्षले जसपाको संसदीय दल नै एकीकरण हुन बाँकी रहेकोले दल नेता चयन भन्नु हास्यास्पद भएको बताएको छ ।

संसदीय दलका ३२ सांसदमध्ये १९ जनाको हस्ताक्षर गरेर ठाकुर पक्षले संसद सचिवालयलाई जानकारी गराउने तयारी गरेपछि यादव पक्षका प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दल एकीकरण नभएको र विधानसमेत स्वीकृत नभएको अवस्थामा दलका नेता चयन हुनै नसक्ने बताएका छन् ।

अधिकारीले जारी गरेको विज्ञप्तितमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको, विधानसमेत नबनेको तथा जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७० को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनैपनि बैठक नभएकोले उक्त समाचार बमपुर्ण रहेकाले सम्बन्धीत सबैमा जानकारीसहित स्पष्ट गरिन्छ।’

यसअघि शनिबार नै यादव पक्षले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएपछि ठाकुरले त्यस्तो बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए। ठाकुरले भनेका थिए ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद्को कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’यादव पक्षले भने आफूले वक्तव्य जारी नगरेर कार्यलय सचिव प्रकाश अधिकारीलाई अघि सारेको छ ।

जसपाको दुई पक्ष गत वर्ष प्रम ओलीकै कारण एक भएका थिए भने पुनः प्रम ओलीकै कारण कुनै पनि बेला विभाजित हुने तहमा पुेका छन् । जसपाको एक नेताका अनुसार यदि ओलीले केही दिनमा संसदबाट विश्वासको मत गुमाएपछि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने कुरामा ठाकुर पक्ष तयार भएमा बाहेक जसपा एक नहुने निश्चित भएको छ । पछिल्लो समय ओली इतरको गठवन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने निश्कर्षमा पुगेर बाबुराम भट्टराईलाई अघि सार्ने तयरी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board