नेपालको स्वास्थ्य प्रणाली कोल्याप्स भयो भनिएकोप्रति प्रधानमन्त्रीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ति जनाएका छन् । शनिबार साझ बालुवाटारस्थित सरकारी निवासमा भएको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले चिकित्सकको सो भनाईमा आपत्ति जनाए ।

उनलें स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गरे । यही वैशाख २८ गते एक कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिए । सरकारका विरोधीहरुले केही पनि भएको छैन भन्ने गरेको भन्दै उनले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए । महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उनले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गरे ।

साथै उनले सबैलाई कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह समेत गरे । उनले भने ‘सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायिक क्षेत्र गैह्र सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढंगले होइन ।’स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लाण्ट स्थापना लगायतको काम गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानविय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board