नेता नेपालसँगको वार्ता ‘सकारात्मक’, कार्यदलका लागि छानिए १० नेता

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ। अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा आज दिउँसो भएको छलफलबाट सो सहमति भएको हो।

कार्यदलमा माधवकुमार नेपाल पक्षबाट भीम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङले नेतृत्व गर्ने नेता नेता नेपालले बताए। कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोख्रेल र विष्णु रिमाल रहने छन् भने नेपाल पक्षबाट घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनेछन । वार्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले पनि पार्टी विवाद समाधानतर्फ जाँदै गरेको प्रतिक्रिया दिएका थिए। नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने आफूले प्रस्ताव गरेको बताए। तर प्रधानमन्त्री ओलीले कार्यदलका लागि थप समय चाहिने बताएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board