नेपाली कम्युनिष्टको कालो दिन : २८ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २८ वर्ष पुगेको छ ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरे । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेको छैन । दासढुंगा दुर्घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको भएपनि घटनाको तथ्य बाहिर ल्याउन नसक्नुले केही आशंका उब्जाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरे । प्रधानमन्त्री ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसंगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताए । कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको विज्ञप्तिमा छ ।

त्यसैगरि, मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै एमाले नेता माधव नेपालले दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board