प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौं, ४ जेठ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।

बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरुले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।

प्रधानमन्त्रीले वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न विभिन्न सातवटा रिट परेका छन् ।

त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board