सरकारले भन्यो : अब दोस्रो डोज खोपको व्यवस्था नहुन सक्छ

काठमाडौं । सरकारले पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन जानकारी दिएको छ । कोरोनाविरुद्ध खोप अभियान चलिरहेका बेला सरकारले यसअघि पहिलो डोज लिएकालाई मात्र दोस्रो डोज लिन आग्रह गरेको हो । अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको छ । बुधबार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले अब दोस्रो डोजको व्यवस्था नहुन सक्नेतर्फ सचेत गराए ।

अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै भएको भन्दै उनले अहिले कसैले पनि पहिलो डोज नलिनुहोला भन्दै सचेत गराउए । सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्ने तर्फ सचेत गराएको हो । नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ । हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ । जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन् । तर, नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन । नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board