काठमाडौं । कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।
नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहान निधन भएको हो । काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए । गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
COMMENTS