लौरो उभ्याएर भए पनि ओलीको विकल्प खडा गरौं : डा.भट्टराई

काठमाडौं ७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लौरो खडा गरेर भएपनि ओली विकल्प खोजीहाल्नु पर्ने बताएका छन् ।
संसद, संविधान र लोकतन्त्र रक्षा गर्न जे गरेर हुन्छ त्यही गरेर वैकल्पिक सरकार दिनुपर्ने भट्टराई बताउँछन्।

केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न सबैले आवश्यक त्याग गर्नुपर्ने पनि भट्टराईको ुझाव छ।

‘लौरो उभ्याएर भए पनि संविधानको धारा ७६ (५)को वैकल्पिक सरकार दिऊँ। आजै, अहिल्यै गरौं,’ शुक्रबार विहान ट्वीट गर्दै उनले भने।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।

भट्टराईले वीपी, पिएलदेखि लडेर ल्याएको संविधान तथा लोकतन्त्र रक्षा नभए इतिहासले धिकार्नेसमेत बताएका छन्।

‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो, जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्यागरबलिदान गरौं,’ उनले भनेका छन्, ‘लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ। आजै गरौं,अहिल्यै गरौं१ बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।’

जसपाका केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्। हालै बसेको जसपा बैठकले ओली सरकारमा नजाने आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने निर्णय गरेको थियो।

आजै अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरालाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । तर जसपा स्रोतका अनुसार प्रधानमन्त्री बन्न पनि ठाकुर तयार नहुने अवस्था छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board