काठमाडौं ७ जेठ । नयाँ सरकार गठनको समय घर्किंदै गर्दा शीर्ष नेताहरुको दौडधुप चलिरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधव नेपाल बीच बुढानिलकण्डामा छलफल चलिरहेको छ । यस अघि कांग्रेस पदाधिकारी बैठक भएको थियो ।
कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपनि सार्वजनिक गरेको छैन । केही बेर पछि माओवादी स्थायी समितिको बैठक समेत बोलाइएको छ ।
COMMENTS