फागुन २३ को फैसलाले मेरो पार्टी सदस्यता फर्केको हो , माधवजीहरुको अपराधको हिसाव किताव हुन्छ : प्रम ओली

काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ को फैसलाले मेरा सदस्यता खारेज भएको थियो, त्यो फर्कने अवसर पाएको हो भन्ने स्पष्ट पारेका छन् ।
सरकारी निवास बालुवाटार भएको पत्रकार सम्मेलनमा पार्टी विवादका सन्दर्भमा बोल्दै ओलीले नेकपा एमाले केवल रटान दिएर जेठ २ मा फर्कन नससकने व्याख्या सहित स्पष्ट गरे । पार्टीको नामा नेकपा(एमाले) रहे पनि नेकपाताकाकै एकीकृत रुप पनि हो । त्यो अवस्थाबाट कसरी पछि फर्कन मिल्छ ? हामीले राजनीतिक रुपमा गरेको एकीकरण यथावत छ । पत्रकार सम्मेलनमा ओलीले भने – माधवजीहरुको समस्या समाधान गर्ने नियत छैन । उहांहरुसंग हिसवा किताव गर्नै पर्ने छ । गर्ने छौ ।
“एमालेभित्रको समस्या प्रणलीलाई नै घातक गर्ने खालको भयो । कर्णालीमा फ्लोर क्रस गराइयो । संसदीय व्यवस्थामा फ्लोर क्रस अपराधपूर्ण क्रियाकलाप मानिन्छ । दण्डनीय मानिन्छ ।
कार्यकर्तालाई पदको प्रलोभन देखाएर, आदर्श च्युत गराएर बागी उमेदबार बनाएर पार्टीको उमेदबारलाई हराउने काम भएको छ । पार्टीका सांसदहरुलाई अनुपस्थित बनाएर सरकार ढाल्ने काम भएको छ । यो लोकतान्त्रिका आचरण अनुसार कुरा कसरी भयो ? कुनै मापन हुंदैन ? कुनै मापन नहुने ? लोकतन्त्र भनेको छाडातन्त्र त होइन । लोकतन्त्र भनेको अनुशाशिसत कानुनमा चल्ने प्रणाली हो । त्यसलाई धज्जी उडाउने काम भयो । त्यसको हामी समाधान गछौं । पार्टीलाई फोहरी खेलमैदान जस्तो अवस्थाबाट हामी अनुशशित बनाउंछौं ।

सर्वोच्च अदालतको फागनु २३ को फैसला भनेको नेकपाको दर्ता खारेज भए । त्यसले पार्टीहरु दर्ता पूर्वको अवस्थामा फर्के। प्रचण्डजीले मेरो फोनको धज्जी उडाए । मैले माधवजीलाई पटक पटक भेट्न चाहें । अघि मात्र मैले प्रचण्डजीलाई फोन गरें ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board