१४९ जना सांसदको हस्ताक्षर सहित देउवाले प्रधानमन्त्रीमा दावी गर्ने

काठमाडौं ७ जेठ । नेकां, माओवादी सहितको विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेको ।
काँग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दल र माधव नेपाल समूहको बैठकले नयां सरकार गठनका लागि दावी गर्नका राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि आवश्यक भन्दा बढी बहुमत संख्यामा हस्ताक्षर भइसको बताएको छ ।

स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । गठवन्धनमा नेकांका ६१, माओवादीका ४९, जसपाका १६ र बांकी माधव नेपाल समूहका र अन्य साना दलका सांसदको हस्तक्षर रहेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board