प्रधानमन्त्रीको प्रस्ताव : हैसियत अनुसार मन्त्रालय लिनुस्, चुनावी सरकारमा आउनुस्

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् ।

यो वर्षको बजेट कोभिड केन्द्रित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए ।

‘जेट १५ गते अध्यादेशबाट बजेट आउने हो । देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन’ उनले भने । त्यस्तै उनले मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेकाले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताए ।

‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ’, उनले भने, ‘दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board