काठमाडौं । बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन् ।
चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा त यसको ठूलो असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् । नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउंदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो ।
बुधबारदेखि वर्षा सुरु हुने सम्भावना छ । कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ । भोलिदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको मौसमविद्ले बताएका छन्
COMMENTS