गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

काठमाडौं, ११ जेठ– गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र कपिल्वस्तुका जिल्ला नेता दीपक पाण्डेको निधन भएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि गएराति थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएलगत्तै मृत्यु भएको कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले जानकारी दिए । पाण्डेको पेट र कम्मरमा २ गोली लागेको थियो ।

पाण्डेमाथि गएको बुधबार राति कपिलवस्तुकै सडवामा गोली प्रहार भएको थियो । घटनामा सँगै घाइते भएका एक भारतीय नागरिकको अवस्था भने सामान्य छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका–२ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board