विश्वव्यापीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला नगर्न र अनावश्यक भीडभाड नगर्न र सामाजिक दुरी लगायतका स्वास्थ्य प्रोटोकल अनिवार्यरुपमा पालना गर्न गृह प्रशासन तथा जिल्ला प्रशासन मातहतका निकायलाई निर्देशन दिएको छ । तर, पछिल्लो विकसित राजनीतिक घटनाक्रमले जनस्वास्थ्यको मापदण्डले बेवास्ता गरेको देखियो सरकार र प्रतिपक्ष सबै पक्षबाट । यससँगै दोस्रो लहरको कोभिड–१९ महामारी देशैभरी भयावह बन्दै गएको अवस्थामा राजनीतिक दलहरु भने कोरोना रोकथाममा भन्दा पनि आफ्नै राजनीतिक जोडघटाऊमा रुमलिएको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
राजनीतिक दलहरुबाटै स्वास्थ्य प्रोटोकलको उल्लंघन
सरकारले भन्छ कोरोना महामारीमा कुनै भीडभाडजन्य तथा संक्रमण फैलाउने कुनै पनि गतिविधि नगर π तर शीर्ष राजनीतिक दलहरु नै यसमा गैरजिम्मेवार भए । कोरोना महामारीको समयमा कोरोना नियन्त्रणमा भन्दा पनि राजनीतिकर्मीहरुले मुढेबल देखाए, वैज्ञानिक एवम् व्यवहारिक बन्न सकेनन् र कोरोना महामारीले अथतन्त्र तहसनहस भइरहेको समयमा राजनीतिक गतिविधिमा सिमित रहदा जनतामा आक्रोश पैदा हुन गएको छ ।
सरकार, नागरिक सबै जिम्मेवार बनौं
सरकारले आम नागरिकलाई घरमाभित्रै बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा कारबाही हुने बताइरहदा राजनीतिक दलका गोप्य भेलाहरु, कोठे बैठकहरु र कोरोना संक्रमण नै फैलिने किसिमका भीडभाडजन्य गतिविधिहरु पछिल्लो समय बढ्दै गएको छ । कोरोनाकै कारण शैक्षिक संस्थाहरु बन्द छन्, शैक्षिक गतिविधिहरु ठप्प छ, उद्योग, कलकारखानाहरु बन्द छन्,बजार ठप्प छ तर राजनीतिक गतिविधि गर्न छुट दिएको हो सरकारले ? किन सरकारले आदेश दिएपछि लागू गराउन सक्दैन ? आज जिल्ला प्रशासन के गर्दैछ ? यस्ताखालका गतिविधिलाई नियन्त्रण गर्न पर्दैन ? राजनीतिक गतिविधि गर्ने परेपनि वैज्ञानिक तरिकाबाट पनि गर्न सकिन्छ नि ? यो गणतन्त्र होइन, भीडतन्त्र भो, छाडातन्त्र भो, वरिष्ठ चिकित्सक एवम् नागरिक अभियान्ता डा. सुन्दरमणि दीक्षित थप आक्रोश व्यक्त गर्छन् ।
सरकारले यो समयमा विशेषगरी ४ वटा कुरामा ध्यान दिनुप¥यो, अनिवार्यरुपमा पहिलो कुरा एक, मास्क, दास्रोमा सामाजिक दुरी, टेष्टिङ् र भ्याक्सिनेसन यी ४ कुरा सरकारले पुरा गर्नुपर्छ । यसमा नागरिकको पनि कुरा छ, सरकारको पनि कुरा छ । हामी सरकार र नागरिक सँगसँगै हिड्नसक्नुपर्छ ।
निषेधाज्ञा कोरोना महामारी नियन्त्रणका लागि हो
सरकार एक्लैले मात्र गरेर पनि सम्भव छैन, नागरिक पनि उत्तिकै जिम्मेवार हुनुप¥यो । साथसाथै सबै नेता, कार्यकर्ताहरुको पनि उत्तिकै दायित्व छ । सरकारले चाहेर पनि गर्न सकिरहेको छैन, पर्याप्तरुपमा खोप छैन, स्वास्थ्य सामाग्रीहरु छैन, स्वास्थ्यकर्मीहरु, भेन्टिलेटर, अक्सिजन लगायत भौतिक पूर्वाधारको तड्कारो अभाव छ । तर, नागरिक जिम्मेवार हुने हो भने नागरिकले गर्नसक्ने काम त गर्न सक्छ नि । नागरिक आफू अनुशासित भयो भने कोरोना फैलिदैन, लकडाउन गरिरहन आवश्यक नै छैन । मैले आज अनुशासित बनें, दुरी पालना गरें, घरमै बसें र भीडभाड गरिन भने सरकारले किन लकडाउन गर्छ ? अलिकति कोरोना घट्यो भने त लकडाउन लामो समय जाँदैन ।
सरकारले आमनागरिकलाई छिटोभन्दा छिटो खोप लगाउनप¥यो
हामी नचाहिने, नचाहिने कुरामा नम्बर वान हुदै गयो जस्तो लाग्छ । यसर्थ, सरकारले कोरोनाविरुद्धको खोप यथासक्दो छिटो ल्याउनुप¥यो र सबै नागरिकलाई पहिलो र दोस्रो चरणको खोप लगाउन थप ढिला गर्न हुन्न । नागरिकले घरमै बसेको बेला पनि कोरोना सम्बन्धित अनावश्यक समाचारहरु फेसबुल, ट्विटर र सामाजिक सञ्जालमा हेर्न, पढ्न र सुन्न नहुने सुझाव दिन्छन् दिक्षित । बरु, घरमै पनि दैनिक व्यायाम र अध्ययनशील पुस्तकहरु पढ्न र अनावश्यक मानसिक तनाव नलिन विशेष आग्रह जनस्वास्थ्यविद्हरुले दिदै आएका छन् । यससँगै कोरोना नियन्त्रणमा प्रमुख रुपमा राजनीतिक दलहरुले जिम्मेवार हुन र आमनागरिकको जनस्वास्थ्यमा खेलवाड नगर्न अनुरोध गर्दै उनी भन्छन् – दलीय राजनीति त फेरी पनि गरौंला तर अहिले चुनावको वातावरण छैन ।
COMMENTS