सभामुख अग्नि सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने

काठमाडौं, १३ जेठ ।  सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए ।

‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’

उनले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताए । त्यसक्रममा उनले पार्टीहरूसँग पनि परामर्श गर्ने बताए । ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन्’ सापकोटाको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board