काठमाडौं, १५ जेठ । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ ।यो बजेट आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन हो ।
आर्थिक वर्ष २०७८ ७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्ष क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताए । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा वर्षमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन भएको थियो ।यो बजेट पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ अर्थमन्त्री पौडेलले बताए । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ ।
COMMENTS