भारतले पत्ता लगायो नयाँ विधि, १५ सेकेन्ड कुला गरेर कोरोना परीक्षण

भारत । भारत को नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट एनईईआरआई ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ । यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ । यसको अर्थ नुनपानीबाट कुला गर्दै कोरोनाको जाँच गर्न सकिन्छ । यस प्रविधिलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआर ले शनिबार स्वीकृति दिएको छ । एनईईआरआईका अनुसार भारतमा परीक्षण बढाउनका लागि यो प्रक्रिया सहयोगी हुनेछ ।

यो प्रक्रिया निकै सरल, तिव्र र आरामदायी रहेको तथा ग्रामिण इलाकामा सहयोगी साबित हुने जनाइएको छ । एनईईआरआईका भिरोलोजी डिपार्टमेन्टका प्रमुख वैज्ञानिक डाक्टर कृष्णा खैरनारका अनुसार यो प्रक्रिया निकै सहज छ । आमरुपमा मानिसहरुले आरटी–पिसिआर परीक्षणका लागि स्वाबको नमूना दिन दुई घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ । त्यसपछि स्वाबको नमूनालाई संकलन गरेर ल्याबसम्म पुर्याउन पनि समय लाग्छ ।

यसको ठिक उल्टो सलाईन गार्गल आरटी–पिसिआर परीक्षणबाट तुरुन्तै स्याम्पल दिन सकिन्छ र नतिजा पनि ३ घण्टाभित्रै आउँछ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्दनले यो प्रविधि गेम चेन्जर साबित हुनसक्ने बताएका छन् ।

बिरामीले कसरी लिन सक्छन् स्याम्पल ?

–स्याम्पल लिनका लागि एक सामान्य स्याम्पल कलेक्सन ट्युब जरुरी हुन्छ ।

–बिरामीले नुन पानीबाट १५ सेकेन्ड कुला गरेपछि त्यसलाई ट्युबमा हाल्नुपर्छ ।

–स्यामपललाई कोठाको तापक्रममा एनईईआरआईले तयार गरेको विशेष घोलमा राखिन्छ ।

–घोललाई तातो गरेपछि एक आरएनए टेम्प्लेट तयार हुन्छ ।

– यसलाई आरटी–पिसिआरका लागि प्रोसेस गरिन्छ ।

–अन्य प्रक्रियाको दाँजोमा यो निकै सस्तो छ ।

–वेस्टेज निकै कम निस्कने भएकाले पर्यावरणका लागि पनि फाइदाजनक छ ।

आरटी–पिसिआर के हो ?

आरटी–पिसिआरको अर्थ रिभर्स ट्रान्सक्रिप्शन पोलिमरिज चेन रिएक्सन टेस्ट हुन्छ । जसअन्तर्गत, बिरामीभित्र भाइरस पत्ता लगाउनका लागि डिएनए चेन रिएक्सन गराइन्छ । परीक्षणमार्फत भाइरसको जेनेटिक मेटेरियललाई जाँच गरिन्छ । कोरोना आरएनए भाइरस हो । यसमा परीक्षणका लागि उपयोग गरिनेवाला आरएनए बिरामीको स्वाबबाट निकालिएको हुन्छ । श्रोतः दैनिक भाष्कर

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board