काठमाडौँ १७ जेठ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अवधिमा ११४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।
यस्तै ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । क्वारेन्टाइनमा ६८९ जना छन् ।
COMMENTS