ओली र नेपाल पक्षका छुट्टाछुट्टै हाइकमाण्ड बैठक आज

काठमाडौ २० जेठ । दुई पक्षबीच बिबादले उग्र रुप लिएर फुटको डिलमा पुगेका बेला आज नेकपा एमालेका समानान्तर बैठक बस्दैछ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । अपरान्ह ४ बजे बस्ने बैठकमा नवनियुक्त १९ जना स्थायी कमिटीसहभागी हुनेछन् । ओलीले यस अघि मंगलबार र बुधबारलाई बोलाएको बैठक स्थगित गरेका थिए ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।

गत वर्षको फागुन २३ देखि औपचसिरक रुपमै समानान्तर गतिविधि गरिरहेका खनाल – नेपाल पक्षले पनि आज आफू पक्षधर केन्द्रीय समिति बैठक गर्ने भएको छ । य समूहको बैठक भने भर्चुअल रूपमा हुनेछ । पछिल्लो पार्टीको अन्तरिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे सुरू हुने नेता भीम रावलले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठवन्ध्नसंगै हस्ताक्षर गरेपछि खनाल, नेपालसहित ११ जना नेतालाई ओलीले पार्टीको साधारण सदस्यता नरहनेगरी निष्काशन गरिसकेका छने ।
तर पछिल्लो समय आफ्नै समूह भित्र नेपालपक्षसंग एकताको पहल गर्नु पर्ने दबाव बढेपछि नेपाल–खनाल र भीम रावल बाहेकका अन्य नेताहरुसंग ओली निकट नेताहरुले छलफल गरिरहेका छन् । पछिल्लो छलफललाई माधव नेपालले ओली आफू अष्ठेरोमा परेपछि अघि सरेको कपटपूर्ण खेल बताइसकेका छन् । यी सबै घटनाक्रम र नयां पार्टी गठनबारे नेपालले केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board