केपी ओली हामीलाई ‘गिनी पिग’ बनाउन चाहन्छन् : पोलिटब्युरो सदस्य खतिवडा

काठमाडौं, २४ जेठ । नेकपा एमाले, माधव नेपाल समूहका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको र संसद विघटन गरेकोप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् । ओलीले आत्मालोचना गरेर माफी नमागेसम्म उनीसँग सम्झौता हुन नसक्ने खतिवडाको भनाइ छ ।

केपी ओलीले आफूहरुलाई ‘गिनी पिग’ बनाउन खोजेको खतिवडाले बताए ।

माधव नेपाल पक्षका हार्डलाइनर नेताका रुपमा चिनिने खतिवडाले भने, ‘केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन ।’

माधव नेपाल पक्षका नेता खतिवडाले अहिले केपी ओलीसँग चलिरहेको अन्तर संघर्षबारे यसरी विश्लेषण गरेका छन् स्

हामी चारजना म, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले स्थायी कमिटी सदस्यहरुलाई एक ध्यानाकर्षण पत्र प्रेषित गरेका गरेका छौं । अन्त्यहीन विवाद, उद्देश्यहीन गति र लक्षहीन प्रहारबाट हामी सदैव बच्नुपर्छ । आजको अलमल यही नै हो ।

केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन । डीएनए टेस्ट गरेर मात्र अवसरहरूको बाँडफाँट गर्ने उनको प्रवृत्ति छ । त्यहाँ छोटो समयमा हाम्रा पक्षका कार्यकर्ताहरूले सौहार्दपूर्ण अनुकुलताको सिर्जना हुने अवस्था देखिँदैन ।

पार्टीभित्र रहेको यही प्रवृत्ति र व्यवहारले यो सुध्रिने आशा पनि नरहेकाले एकता संभव नहुने कुराको प्रष्ट संकेत गरेको छ । तथापि अन्तर संघर्षको यो चरणमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१।सर्वोच्च अदालतको सन्दर्भलाई आन्तरिक एकताको विषयमा समावेश गर्न हुँदैन । यो कुनै सहमति पूर्व सर्तका रुपमा हुनुहुँदैन ।

२।वार्ताको ढोका खुला राख्ने तर सबै तहका कमिटीहरु गठन गर्दै नयाँ पार्टी स्थापना गर्ने तयारीलाई निरन्तरता दिनुपर्छ ।

३। वार्ताको पूर्व सर्तका रुपमा झलनाथ खनाल, माधव नेपाल र अरु नेताहरुको कार्वाही फिर्ता र गर्ने र अपमानजनक अभिव्यक्तिहरूलाई बन्द गर्न लगाउनुपर्दछ ।

४। वार्तामा निम्न कुराहरुलाई बटमलाइन बनाउनुपर्छ–

– २०७५ जेष्ठ २ पूर्वको आधार समयलाई मुख्य बुँदा मानेर जेष्ठ २ को वरपर, सेरोफेरो भन्ने भ्रममा नपरी मागहरुलाई पूरा गराउनुपर्छ । वास्तवमा जेष्ठ २ को मागको औचित्य कमजोर भइसकेको छ ।

– केपी प्रधानमन्त्री हुने नै हो भने माधव नेपाललाई पार्टी अध्यक्ष बनाउनुपर्दछ ।

– सबै तहका निर्वाचन प्रयोजनहरुका लागि सबै तहमा हाम्रो सहितको संयुक्त आधिकारिक हस्ताक्षर प्रमाणित गरिनुपर्दछ ।

– पूर्वमाओवादीवाट आएकालाई समावेश गर्ने कुरामा सहमति गरिनुहुँदैन । केही गरी समावेश गर्ने स्थिति आउन लागेमा त्यति नै संख्यामा हाम्रो तर्फबाट केन्द्रीयमा मनोनयन गरिनुपर्छ र त्यसका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइनुपर्छ ।

५।वार्तामा केही महत्वपूर्ण सैद्धान्तिक प्रश्नहरुका बारेमा प्रष्टता प्राप्त गर्न आवश्यक छ ।

६। महाधिवेशन गर्ने विषयमा चर्चा गर्नुपर्दा महाधिवेशनको स्वच्छता, निष्पक्ष र भयरहितताको मोडालिटीका बारेमा डिटेल सम्झौता गर्न जरुरी छ ।

७।सम्झौताहरूको पालना नहुँदा यसको जवाफदेहिता कसले, कसरी लिनेछ भन्ने प्रष्ट ब्यवस्था हुनुपर्दछ ।

८।आजसम्मको संविधान, पार्टी, विधान, अनुशासन र हामीमाथि गरेका ज्यादती र संसद विघटनबारे केपी ओलीले आत्मालोचना गर्नुपर्छ ।

९। हाम्रो विचार, नीति, अडान र संघर्षशीलताले नै नयाँ आधारमा नयाँ एकता गर्न वातावरण निर्माण गर्न सक्छ । हामीचाहिँ सम्झौतापरस्त किन हुने रु । केपी ओली हामीलाई गिनिपिग बनाउन चाहान्छन् । यस्तो भ्रममा नपरौं ।

१० ।केपी ओलीले आजसम्म गरेका जनघाती, गैरसंवैधानिक कार्यहरु र गलत सरकारी निर्णय र नियुक्तिहरु सच्याउने लिखित प्रतिवद्धता आउनुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board