काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ९५ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । योसंगै कोरोनाबाट मृत्युहुनेको संख्या ८ हजार १सय ७९ पुगेको छ । योसंगै हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए । यस्तै आज ५७६८ जना संक्रमित निको भएका छन् । आज देशभर ८० हजार ३सय ३६ सक्रिय संक्रमित छन् ।
COMMENTS