दोस्रो पटक संसद विघटन भएपछि के भन्छन् विपक्षी गठबन्धनका नेताहरु ?


काँग्रेसको नेतृत्वमा जारी भएको संविधान रक्षाका लागि पनि संयुक्त संघर्ष आवश्यक छ – प्रकाशमान सिंह

आवश्यकताले निर्धारण गर्ने कुरा हो । प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलन, कार्यगत एकतासम्म हुनसक्छ । हामी सबैको लामो समयदेखिको पञ्चायतका विरुद्ध, २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२/६३ संयुक्त जनआन्दोलन गरेका छन् जसबाट गणतन्त्रसम्म आएको अनुभव हामीसँग छ तर अहिलेको परिस्थतीमा लोकतन्त्रको रक्षाको लागि यसमा कुनै पनि कसर बाँकी नराखीकन जसरी २०४६ सालमा गणेशमान सिंहले कार्यगत एकताको आधारमा पञ्चायतका विरुद्ध एकताबद्ध भएर, के काँग्रेस ? के कम्युनिष्ट सबैलाई एकैठाउँमा राख्नुभयो र बहुदलीय व्यवस्था पुर्नस्थापना भएको त हो नि ।

मैले भने यो यस्तो हाइपोथेटिकल भयो हुन त, च्यालेन्ज आयो भने त्यसबाट भाग्ने कुरा हुन्न । यसमा सशक्तरुपमा गर्नपर्ने आवश्यकताहरु हुन्छ । अहिले पनि कार्यगत एकताका आधारमा गर्न सकिन्छ संयुक्त जनआन्दोलन । आवश्यकता नै अविष्कारको जननी हो । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीले गत पुष ५ गते भएको प्रतिनिधिसभा विघटनको काम असंवैधानिक छ । हामी कोडमा पनि गयौं, मानिसलाई सूसुचित ग¥यौं । पछि दोसे पटक पनि संसद विघटन भयो यसलाई पनि हामीले यो चाही अलोकतान्त्रिक, असंवैधानिक भनेर भन्यौं । प्रधानमन्त्री अधिनायकवादतर्फ उन्मुख हुदैछन् । कानुनको रक्षा गर्नको लागि पनि हामीले काँग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्नको लागि पनि हामी लाग्नैपर्छ । एक सय एक क्रान्तीकारी, एक सय एक विद्धान र एक सय एक संगठनकर्ताहरु माधवकुमार नेपाल, प्रचण्ड, झलनाथ, बाबुराम लगायतका ४/४ जना प्रधानमन्त्री बने कम्युनिष्टबाट । लिड त गरे नि तर खै संविधान जारी गर्न सके त ? तर पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट संविधान जारी भएको हो नि त ।

पार्टी सभापति गिरीजाप्रसाद कोइरालाले शान्तीप्रक्रियालाई निष्कर्शमा पु¥याए, संविधान जारी गर्ने काम पनि काँग्ेसले ग¥या, निर्वाचनमा पनि काँग्रेसले सक्रिय भूमिका खेल्यो तर म्यान्डेट चाही जनताले कम्युनिष्टलाई दिए । कम्युनिष्टलाई दिइसकेपछि दुईतिहाईको नजिकको कम्युनिष्ट सरकारले केही काम गर्न सके ? अनि अहिले आएर कुर्सी जोगाउनका लागि यो गरे, त्यो गरे भनेर हुन्छ ? स्थीरता पनि दिन सकेन, असफल भयो, जनआकांक्षा अनुरुप काम गर्न सकेन ।

यो सरकार काम चलाउ अवस्थामा पुगिसक्यो – डा. भीम रावल, नेता, नेकपा एमाले

No description available.

यो सरकार काम चलाउ अवस्थामा पुगेको छ । प्रधानमन्त्री स्वयम्ले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने कुरा गर्नुभएको छ । देश र दुनियाँको जग हसाई गर्नुभएको छ । मानिसहरुले खिसिट्यूरी गर्ने हिसाबले मन्त्री परिषद् विस्तार गर्नुभयो । अब उहाँको गुप्तचरहरुसँग भेट भएको कुरा । प्रदेश नम्बर २ बाट १३ जना मन्त्री, जसले संविधान जलायो । राजेन्द्र महतो जस्ताको बुँई चढेर वैतर्णी गर्न खोज्नुभएको छ । यो अवस्थामा को मन्त्री बन्न जान्छ, यो हामीलाई जानकारी भएन । यी कार्यहरुको दुख र खेद प्रकट गर्न बाहेक अरु विकल्प छैन । पछिल्लो समय सर्वोच्च अदालतले नागरिक अध्यादेशमा गरेको फैसला नेपाल देशको हितमा छ ।

लोकतन्त्रमा अध्यादेशबाट शासन हुदैन । यो संविधान र नीतिगतरुपमा उल्लेख गरिएको छ कि जनताप्रति उत्तरदायी हुने राजनीति र व्यवस्था त्यसमा हुनुपर्छ । महन्थ र राजेन्द्रलाई खुसी पार्ने राजनीतिले देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीले त त्यो बुझ्ने कष्ट गर्नुहुन्छ कि हुन्न थाहा छैन । अध्यादेश अन्तर्गतको वितरणको नागरिकता के हुन्छ ? सरकारको हालीमुहाली, सर्वोच्चलाई मेरो प्रश्न छ सर्वोच्चले विवाद निरुपण गर्ने क्रममा । अब जतिसुकै हठी, दम्भ नेता भएपनि यस्ता शासकहरुलाई जनताले गल्हत्याएर निकालेका समेत छन्, हाम्रा पार्टीका अध्यक्ष केपी ओलीजीलाई त्यस्तो स्थिती आएको देख्न नपरोस् ।

अब केपी ओलीजीले विधान विपरीत काम गरेका रहेछौं भन्ने महसुस गर्नुप¥यो । एमाले नवौं राष्ट्रिय महाधिवेशन अनुरुप सबै संगठनहरुलाई पनि २ गते अनुसारको पूर्णरुपले सञ्चालन गर्ने र पार्टी र सिद्धान्तअनुरुप चल्ने हो भने पार्टी एकताको बारे सोच्न सकिन्छ, होइन भने त्यस्ता प्रतिगमनकारी क्रियाकलापहरु गर्न भएन । अब हिजोसम्म दाचुर्ला जिल्लामा महाकाली नदीमा लिपुलेकसम्म सडक खनिरहेको थियो । मातृभूमिबाट चिरा पारिरहेका थियो । यसबारे पनि अ‍ोली सरकार बालेन । वर्तमान सरकार चलखेल मात्रै गरिरह्यो । ११ जना मन्त्री बनाएर जनादेशको अपमान, लोकतन्त्रको उपहास र राजनीतिलाई विकृत बनाइएको छ । अब प्रधानमन्त्रीले जे –जे लानुभयो राष्ट्रपतिबाट पास हुने काम भइरहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले सविधान र व्यवस्थालाई कमजोर बनाएको छ ।

बेलैमा करेक्सन नगर्दा तानाशाह जन्मियो – उर्मिला अर्याल,

No description available.

म त पहिला लामो समय एमालेमा काम गरेको मान्छे । प्रचण्ड फेरी लिबरल नै हुनुहुन्छ । पहिल्यै आफ्नो एउटा धारण बनाउने त्यो चाही होइन फेरी । एउटा प्रि–कन्सिभ्ड् आईडिया भन्छ नि त्यो भएको चाही केपी ओली नै हो फेरी, एउटा हुन्छ नि ग्राण्ड डिजाइन । नत्रभए, ऋषि कट्टेलको कहिले दर्ता भएको अहिले फैसला गर्नुपर्छ । यो त ग्राण्ड डिजाइन नै हो ।

भरमा आगो लाग्दा बेलैमा निभाउन पर्छ नि, अन्त त लागेको हो भने तानाशाह जन्माएको त उहाले हो । मत गाली पनि गर्छु, यी बुढाहरुले खाइसकें । सबैलाई त भन्दिनँ । तर, एमाले एकताका लागि लागि परिरहेका युवा तथा दोस्रो पुस्तालाई के भन्दा, यी बुढाहरुले प्रधानमन्त्री, मन्त्री खाइसके । अब भोलीको दिनमा एमालेमा बहुमत भएन भने हामीहरुले त खान पाउँदैनौं भन्ने खालको देखिन्छ । मलाई उनीहरुले गाली गरेपनि गरुन् । म त भन्छु, कि त, एकै ठाउँमा बसेर छ्याङ्ङै कुरा गर्नुप¥यो । होइन भने यसरी त कसरी हुन्छ ? पार्टीभित्र विचार नमिल्दा माधव कमरेडहरुले विद्रोह गर्नुभयो, राम्रो गर्नुभयो । चित्त नबुझेपछि गर्ने नै त्यही हो नि । तर, पहिलादेखि नै यस्ता प्रवृत्तिलाई करेक्सन गर्न सकेको भए आज तानाशाह जन्मिने थिएन । उहाँहरुले नै हो नि तानाशाह जन्माएको π सम्मानित ठाउँमा बसनुपर्ने राष्ट्रपतिले प्रधानमन्त्रीलाई जतिबेला पनि ढोका खोल्नुभाछ, प्रधानमन्त्रलिे पनि राष्ट्रपतिलाई कति भजाउने हो कति ? हामी माओवादी केन्द्रले त यसको विरोध गर्दै नै आएका छौं । यस्तै प्रवृत्तिहरु बेलैमा नसच्याएकै कारण मैले एमाले छोडेको थिएँ ।

देशको राजनीतिमा विदेशी शक्तिको चलखल – उपेन्द्र यादव, अध्यक्ष, जसपा

No description available.

सत्तारुढ नेकपा एमाले विवादको बाछिटा जनता समाजवादी पार्टीम्ँ पनि पर्दै आएको छ । प्रतिनिधिसभा विघटन भएदेखि नै जसपाका केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो र उपेन्द्र यादव पक्षबीचमा मत बाझिदै आयो । प्रतिनिधिसभा पुर्नस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय संसदमा विश्वासको मत लिदै गर्दा पनि जसपाका ठाकुर–महतो पक्ष तटस्थ रहने बताएपनि यादवले आफूहरुले यसको विपक्षमा मतदान गर्ने सोझै बताएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर पक्षले प्रधानमन्त्री ओलीको प्रतिगमनस“ग नजिकिदै जाने र पार्टीलाई कमजोर बनाउने प्रवृत्ति सुरु गरेको आरोप लगाएका छन् ।

विगतदेखि नै प्रधानमन्त्री ओली मधेसको माग, मुद्दाबारे सकारात्मक हुनुहुन्न । पार्टीमा केही विवाद नै छैन । विवाद भए त, पार्टीमा छलफल भइहाल्छ नि । संसदमा जे मन लाग्यो, त्यही बोल्नुभयो, सत्यमेव जयते कि सिंहमेव जयते ? भनेर । त्यसपछि देशहरुसँगको सम्बन्ध बिग्रन थालेपनि लमपार नै पर्नुभयो । विदेशीको टाङैमुनि छिरेर राज्य सञ्चालनमा केपी ओली लम्पासार पर्नु भयो । मैले पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको लेखहरु, स्टेट्मेन्टहरु हेरेको छु, यी सबै हेर्दा निर्वाचन आयोगमा सत्ताको छाया परेको छ भनेर आंकलन गर्न कठिन छैन । पाच–पाच जना पूर्व प्रधानमन्त्रीहरले विदेशी हस्तषेप बढेको भनेर केही दिन अघि संयुक्त विज्ञप्ती नै निकाल्नुभएको छ । हावा नचलि त पात हल्लिदैन नि ? पात हल्लेको छ भने हावा पनि पम्मै चलेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board