प्रतिनिधिसमा विघटन मुद्दा : प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ पेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ ।

“संविधानअनुरुप प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधिसभाका अरु कुनै सदस्य प्रधानमन्त्री नियुक्ति हुने विकल्प समाप्त भएपश्चात धारा ७६ को उपधारा ९७० बमोजिम प्रतिनिधिसभा विघटन हुने संवैधानिक प्रावधान रहेको भनी आदेश जारी भएको छ”, लिखित जवाफमा भनिएको छ, “सोही आदेशमा उल्लेख भएबमोजिम सरकार निर्माणको धारा ७६ बमोजिमका सबै विकल्पको प्रयोग भई वैकल्पिक सरकार निर्माण हुन नसकेपछि प्रतिनिधिसभा विघटन भएको हो, वास्तवमा प्रतिनिधिसभाको विघटन स्वाभाविक र संवैधानिकरूपमा स्वतः भएको हो ।”

प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो । सोही आदेशानुसार आज प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board