भारतमा सक्रिय सङ्क्रमित आठ लाखभन्दा कम भयो

काठमाडौं, असार ४ गते । भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ६२ हजार ४८० सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १९ लाख २९ हजार ४७६ नमूनाको परीक्षण गरिएकोमा ६२ हजारमा सङ्क्रमणको पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९७ लाख ६२ हजार ७९३ पुगेको छ । भारतमा हाल सात लाख ९८ हजार ६५६ जना सक्रिय सङ्क्रमित छन् । करिब ७३ दिनपछि सक्रिय सङ्क्रमित आठ लाखभन्दा कम भएको हो । गएको चौबीस घण्टामा प्रति एकसय जनाको परीक्षण गर्दा ३।२४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा एक हजार ५८७ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ८३ हजार ४९० जनाले ज्यान गुमाएका छन् ।
गएको चौबीस घण्टामा ८८ हजार ९७७ जना कोरोनामुक्त हुँदा कुल निको हुनेको संख्या दुई करोड ८५ लाख ८० हजार ६४७ पुगेको छ ।
भारतीय औषधी विज्ञान अनुसन्धान परिषद्का अनुसार भारतमा हालसम्म ३८ करोड ७१ लख ६७ हजार ६९६ नमूनाको परीक्षण गरिएको छ । भारतमा हालसम्म २६ करोड ८९ लाख ६० हजार ३९९ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board