पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुलेनन्, सडक कहाँ–कहाँ बन्द ?

काठमाडौँ, ५ असार ।  देशका विभिन्न ठाउँमा पहिरोले बन्द रहेका १७ वटा राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने १७ ठाउँका सडक बन्द छन् ।

१८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेको छ । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, डुम्रे–बेंसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।

त्यस्तै, दैलेखको बान्द्रे, डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने तिमाङखोला, धारापानी र बगरछाप, डुम्रे–बेंसीसहर–चामे सडकमै पर्ने लमजुङको रामबजार, अर्खरे, च्याम्चे, खरखरे र घट्टेखोला सडक पनि बन्द छ ।त्यस्तै, बालाजु–त्रिशूली–धुन्चे–स्याब्रुबेंसी सडकमा पर्ने र रसुवाको स्याब्रुबेंसी, मैलुङ–स्याब्रुबेंसी सडकमा पर्ने रसुवाको त्रिशूली खोलाको सडक बन्द रहेको छ । यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board