२४ घण्टामा २ हजार चार सय ४२ जनामा कोरोना पुष्टि, तीन हजार चार सय ५६ जना निको

काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र थप विवरण प्राप्तसहित ५१ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पाँच सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार सय ५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board