काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
आज बिहानदेखि माओवादी केन्द्रको आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ । भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।
बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्यहरुसंग सुझाव मागिरहेका छन् । सुझावका आधारमा पार्टीको नया“ प्रतिवेदन लेख्ने उनको तयारी छ ।
COMMENTS