चीनले अगाडि सार्‍यो बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी

काठमाडौं, ११असार ।  चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।दुई दिन अगाडि सम्पन्न बेल्ट एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा आफूहरुले सो प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रायका प्रवक्ता झाओ लिजानले कोरोनाविरुद्धको खोपमा अन्तर्राष्ट्रिय साझेदारी बढाउन सो प्रस्ताव गरिएको जानकारी दिएका छन् ।उनका अनुसार भ्याक्सिनबारे अनुसन्धान, यसको उत्पादन र वितरणमा सो कार्यक्रम केन्द्रित हुनेछ । साथै, विकासोन्मुख मुलुकहरुको भ्याक्सिनमा पहुँच बढाउनको लागि सो कार्यक्रम अगाडि बढाउन खोजिएको हो ।तर यसको मोडालिटी के हुने भन्ने विषयमा भने उनले केही पनि बताएका छैनन् । यस अगाडि चीनले दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर आपत्कालीन भण्डारण संयन्त्रण निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board