मलाई प्रधानमन्त्रीसंग भन्दा राष्ट्रपतिसंग बढी चित्त दुखेको छ : देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् ।
शनिबार ५ विपक्षी गठबन्धनले सम्वाददाताहरुसंग अन्तरक्रिया गर्दै सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै चित्त दुखाए । ‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको देउवाले गुनासो गरे । ‘उनले भने राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’
‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। मलाई केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफू प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरे । ‘देउवाले ओलीलाई अधिनायकवादीको संज्ञा दिएका छन्। ‘ओली संविधानवादी लोकतन्त्रवादी केही होइन उनी मनपरी गर्ने अधिनायकवादी हुन्। संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो। संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो।’
संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दैं उनले पटक पटक राष्ट्रपतिलाई ओलीको कार्यकर्ता भएर काम गरेको दोहोराए ।
देउवाले भने ‘राष्ट्रपतिले संविधान उलंघन गरेकाले करेक्सन गर्न अदालत गएको हो। अदालतले हाम्रो दाबी अनुसारकै निर्णय गर्छ’, ‘

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board