ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजे, सशक्त प्रतिकार आवश्यक छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सशक्त प्रतिकार आवश्यक रहेको बताए ।

आज राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री बिरुद्ध सशक्त प्रतिकार आवश्यक रहेको बताएको हो । नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाएका छन् । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेशबाट ल्याइएको भन्दै आफैले अध्यादेश जारी गरेर अर्काेतर्फ आफैले खारेज गर्न लगाएको आरोप लगाए । जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए ।

उनले २०४७ को संविधानलाई ब्युताउने काम समेत प्रधानमन्त्रीबाट सुरु भएको आरोप पनि लगाए । अध्यक्ष यादवले प्रतिनिधिसभा पुर्नस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा ९ थान अक्सिजन कन्सन्ट्रेटर, ७० काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board