निषेधाज्ञा खुकुलो बनाउनेबारे भोलि निर्णय, सार्वजनिक यातायात खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उनले बताए । उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board