आजबाट आन्तरिक उडान खुल्यो, दैनिक ६७ वटा उडान तालिका स्वीकृत

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आजबाट खुलेको छ ।

त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ । असार १७ देखि साउन १६ सम्मका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो । उडान बिहान साढे ६ बजेदेखि सा“झ ६ बजेसम्म हुनेछन् । काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको प्राधिकरण उडान अनुमति शाखाले जनाएको छ । काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७÷७, जनकपुर र सिमरा ६÷६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

उडान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ । काठमाडौं तथा बाहिरका विमानस्थलमा एक पटकमा एउटा विमानलाई मात्र प्रवेश दिइनेछ । यसैगरी विमानस्थलको ¥यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्नेछ । जहाजमा भने सबै सिटमा यात्रु राख्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ । तर यात्रुले अनिवार्य मास्क, भाइजर प्रयोग गर्नुपर्नेछ । विमानस्थलमा अनिवार्य ज्वरो नापिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board