तनहुं । तनहुंको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।
अन्य तीन जना घाइते भएका छन् । बन्दीपुर गाउंपालिका–३ तामुङमा पहिरोले घर पुरिंदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पहिरोले घर पुरिदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण गाउका अन्य चार घर जोखिममा परेका प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।
COMMENTS