थप एक हजार ५२७ सङ्क्रमण पुष्टि, तीन हजार ६६ निको, १९ जनाको मृत्यु

काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १९८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board