संसद विघटनको बहस आज सकिँदै, बढ्यो राजनीतिक ढुकढुकी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिदैछ । रिट निवेदक पक्षका अधिवक्ताले हिजो सुरु गरेको जवाफी बहस आज सकिने भएको हो । उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बांकी छ । यस समयमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन् । जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ । त्यसका लागि २ घण्टा समय तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो । एमिकसले राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ । फैसला कहिले दिने भन्ने जानकारी अदालतले आजै दिन सक्नेछ । प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हालिएको मुद्दाको फैसला कस्तो आउला भन्ने जनचासो बढेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board