राजा महेन्द्रले वि..सं. २०१७ मा राजनीतिक ‘कू’ गरेपछि कम्युनिस्ट पार्टीका थुप्रै नेता कार्यकर्ताहरू जेल परेका थिए भने पार्टीमा चरम अराजकता उत्पन्न भइरहेको थियो । वि.सं. २०१९ को तेस्रो महाधिवेशनपछि पार्टी नीतिहीनताकै कारण छिन्नभिन्न बन्न पुगेको थियो । त्यही परिवेशमा पुष्पलालले वि.सं. २०२५ मा भारतको गोरखपुरमा सम्मेलन गरेर नया“ जनवादी कार्यक्रमलार्ई राजनीतिक कार्यदिशका रुपमा अघि सारेको खबरले जेलमा रहेका मोहनविक्रमलगायतका व्यक्तिहरू खुसी हुनुको सट्टा मर्माहत भए ।
पुष्पलालको विरोध नगरेसम्म र पुष्पलाललार्ई बद्नाम नगरेसम्म अघि बढ्न नसकिने भित्री इच्छाबाट नै मोहनविक्रमहरूले जेलभित्रैबाट पुष्पलाल विरोधी विविध गतिविधि गर्न थाले । त्यही सन्दर्भमा वि.सं. २०२७ मा सेन्ट्रल जेलमा रहेका मोहनविक्रमहरूले निम्न उल्लेखित तीनवटा प्रस्ताव पारित गरेर बाहिर ल्याएको दाबी गरिएको छ ।
माओत्सेतुङ विचारधाराबारे,
संयुक्त मोर्चा र क्रान्तिको प्रश्न,
कोअर्डिनेसनबारे
तिनीहरूमध्ये त्यो बैठकमा राष्ट्रिय क्रान्ति र संयुक्त मोर्चाको प्रस्ताव तयार पार्ने सिलसिलामा मुख्यतः नेकाँको चरित्रको विश्लेषण र त्यसप्रतिको नीतिसम्बन्धी प्रश्नमा मतभेद देखाप¥यो । त्यो बेलासम्म पार्टीले नेकाँलार्ई राष्ट्रिय पु“जीपति वर्गको पार्टी र जनतान्त्रिक शक्ति मान्दै आएकोमा पुष्पलालभन्दा फरक देखिनकै लागि नेकाँलार्ई सामन्त र दलाल पु“जीपति वर्गको पार्टी, प्रतिक्रियावादी र दुश्मन शक्ति भएको तथा वि.सं. २००७ को सङ्घर्षको नेतृत्व प्रतिक्रियादी शक्तिहरूद्वारा सम्पन्न भएकाले ‘असफल पु“जीवादी प्रजातान्त्रिक क्रान्ति’ नभएर राजनीतिक घटनामात्र भएको धारणा अघि सारियो । यी कुरामा निर्मल लामा सहमत नभए पनि केन्द्रीय न्युक्लियसले पारित गरेको मोहनविक्रमले उल्लेख गरेका छन् ।
केन्द्रीय न्युक्लियसमा मनमोहन अधिकारीले २००७ साललार्ई असफल पु“जीवादी प्रजातान्त्रिक क्रान्ति मान्न अस्वीकार गर्ने विचारसित आनो असहमति देखाएपछि अन्तरपार्टी सङ्घर्ष चलाउन फोरम चलाउने निर्णय भए पनि मनमोहनले आनो दस्तावेज तयार नगरेका कारण फोरम चल्न नसकेको (सिंह ः २०५३) उल्लेख छ । मनमोहनले पछि न्युक्लियसका सबै निर्णयप्रति असहमति जनाएकाले महाधिवेशनबाट टुङ्गो लगाउने सहमति भए पनि महाधिवेशन पहिले नै मनमोहनलार्ई नेतृत्वबाट मोहनविक्रमहरूले निष्कासन गरेर अस्वस्थ परम्पराको सुरुवात गरेको देखिन्छ । यद्यपि, सिंहहरूको दाबी मनमोहनले महाधिवेशनको मिति र स्थानसमेत सार्वजनिक गरेको र उनको निष्कासनमा भरतमोहन अधिकारीसमेत सहमत रहेको दाबी गर्दै आएका छन् ।
शम्भुराम श्रेष्ठले पार्टीको कार्यक्रममा राजनीतिक स्वतन्त्रता, मौलिक अधिकार, पार्टीहरूमाथिको प्रतिबन्ध हटाउने मागहरूलार्ई ‘संसदीय’ राजनीति बताएर विरोध गर्दै उनलार्ई न्युक्लियसबाट सिंहहरूले हटाए । शम्भुरामलार्ई हटाएपछि सिद्धिलाल सिंह, देवेन्द्रलाल श्रेष्ठ (काइ“लाबा) हरूसहित पाटन जिल्ला समिति न्युक्लियसबाट अलग भएको थियो । यसरी न्युक्लियसले औपचारिकरुपले एउटा महाधिवेशन गर्नुभन्दा पहिले नै मूल नेतृत्वप्रति असहमत हुनेहरूलार्ई निष्कासन गर्ने रबैया देखाएर सुरुआतबाटै फुटपरस्त रबैया देखाएको स्पष्टै हुन्छ ।
‘२००७ सालको सङ्घर्षलार्ई असफल पु“जीवादी प्रजातान्त्रिक क्रान्ति मान्न अस्वीकार गर्ने प्रस्तावमा सर्वप्रथम मनमोहन अधिकारीले आनो असहमति देखाए, उनलार्ई निष्कासित गरेपछि भरतमोहन र ठीक महाधिवेशनको मुखमा आएर निर्मल लामाले त्यसमा आनो मतभेद देखाए’ (सिंहः २०५३) भन्दै मोहनविक्रम सिंहले निर्मल लामालार्र्ई पनि मनमोहन र भरतमोहनको कित्तामा धकेलेका छन् ।
‘गद्दार पुष्पलाल’ प्रकरण
नेपालको कम्युनिस्ट आन्दोलनको एउटा धारको प्रतिनिधित्व गरेको दाबी गर्ने मोहनविक्रम सिंहले विगतमा आफूले ठूलाठूला सैद्धान्तिक सङ्घर्ष चलाएर आन्दोलनमा क्रान्तिकारी धारको रक्षा गरेको भन्ने भ्रमहरू दिइरहेको पाइन्छ ।
सैद्धान्तिक सङ्घर्षको सवालमा तीसको दशकमा उनले पुष्पलालको आलोचना गर्दै ‘गद्दार पुष्पलाल’ को प्रकाशनले काफी महङ्खव राखेको कुरा मसाल समूहको छैठौ“ महाधिवेशनमा पेस गरिएको पार्टी इतिहाससम्बन्धी प्रस्तावमा पनि अत्यन्तै महङ्खवकासाथ उठाउ“दै भनिएको छ ‘पुष्पलालले केन्द्रीय न्युक्लियस र त्यो पार्टी एकताको विरुद्ध देशव्यापी अभियान चलाए ।
एकीकृत पार्टी निर्माणका लागि भइरहेको प्रयत्न उनको काँग्रेसपरस्त राजनीतिका विरुद्ध जान्थ्यो । गद्दार पुष्पलालको प्रकाशनले उनले पैदा गरेको भ्रमलार्ई साफ गर्न अत्यन्तै मद्दत ग¥यो’।
के सा“च्चिकै ‘गद्दार पुष्पलाल’ को प्रकाशन सैद्धान्तिक सङ्घर्ष नै थियो त ? वा पुष्पलाललार्ई ‘गद्दार’ घोषणा नगरेसम्म कम्युनिस्ट पार्टी अगाडि बढ्नै सक्दैनथ्यो त भन्ने प्रश्नहरू पनि उठ्छन् । मोहनविक्रमका सोचाइमा पुष्पलाल नै पार्टी अघि बढ्न बाधक ठहरिएका छन् । अर्कातर्फ पुष्पलालले मोहनविक्रममा रहेका असङ्गत विचारहरूको पनि सशक्त ढङ्गले आलोचना गर्दै झन्डै गद्दारको आरोप लगाउन पुगेका छन् ।
२०३४ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) का महासचिव मोहनविक्रमले पुष्पलालको सोचाइको आलोचना भन्दै ‘गद्दार पुष्पलाल’ नामक पुस्तक आनन्दबहादुरका नाममा प्रकाशन गरेर त्यसलार्ई उनको पार्टीले समेत आधिकारिक दस्तावेज बनायो । यद्यपि, एमबीले त्यो पुस्तक लेखेको चार दशकभन्दा बढी भइसकेको छ भने कमरेड पुष्पलालको समेत निधन भएको छ । त्यो पुस्तकप्रतिको चर्चा–परिचर्चा पनि त्यति भएको पाइ“दैन ।
तापनि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासलार्ई अध्ययन गर्ने जो–कसैलार्ई पनि मोहनविक्रमको ‘गद्दार पुष्पलाल’ नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा भद्दा र नकारात्मक परिघटना र पूर्वाग्रही चिन्तनधाराको अब्बल उदाहरण मान्न सकिन्छ । अहिले पनि यसबारेको छलफलले मुख्यतः मोहनविक्रमले आफ्नो कृतिमा व्यक्त गरेका विचारहरूमा स्वयम् मोहनविक्रम कति दृढ छन् ? उनले प्रयोग गरेका शब्द अलङ्कार कतै अहिले उनैतिर फर्केका त छैनन् ? भन्ने बुझ्नका साथै ‘गद्दार पुष्पलाल’ नामक पुस्तक लेख्नैपर्ने आवश्यकता किन मोहनविक्रमले महसुस गरे होलान् ? भन्ने कुराको जानकारी प्राप्त गर्न सहयोग मिल्नेछ । मोहनविक्रमको यस पुस्तकले तीसको दशकमा नेपाली कम्युनिस्ट आन्दोलनभित्रको विवाद कति तीखो र पूर्वग्रहपूर्ण रहेछ भन्ने कुरासमेत स्मरण गराउने छ ।
वि.सं. २०१७ को फौजी काण्डपछि मोहनविक्रम, मनमोहन, शम्भुरामलगायत थुप्रै नेताहरू जेल परे । पुष्पलाल, तुल्सीलाल, कमलराज रेग्मी, डी.पी. अधिकारीहरू, जो जेल जानबाट बचेका थिए, उनीहरूको का“धमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउने जिम्मेवारी थियो । तर त्यतिबेला चीन र रुसको प्रभाव नेपाली कम्युनिस्टहरूमा पनि व्यापक रुपमा रहेको थियो । त्यसको असर पार्टी र कार्यक्रममा समेत पर्न थाल्यो । फलस्वरुप वि.सं. २०१९ को तेस्रो महाधिवेशनमा सीधै सोभियत रुसमा खु्रश्चेबको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम नेपालमा तुलसीलालहरूले उठाउन थालेका थिए ।
वि.सं. २०१९ पछि नेकपाको केन्द्र विघटन र छिन्नभिन्नकै अवस्थामा रहेको थियो । वि.सं. २०२५ सालमा कमरेड पुष्पलालहरूले तेश्रो सम्मेलन गरेर केही जीवन्तता दिने काम गर्न थाले । वि.सं. २०२७ को अन्त्यतिर मोहनविक्रमहरू जेलबाट छुटिसकेपछि कम्युनिस्ट पार्टी एकीकरण र सङ्गठित गर्ने अभियानमा मनमोहन, मोहनविक्रम, शम्भुरामहरू लागि परे र पुष्पलालस“ग कुराकानीसमेत अगाडि बढाउने सिलसिलामा केही विवादहरू देखापरेको पाइन्छ । खासगरी मोहनविक्रमहरूले पुष्पलालको केन्द्रीय समिति भङ्ग गर्ने र अर्को सामूहिक रुपमा न्युक्लियस बनाउने प्रस्ताव तथा पुष्पलालले अर्को केन्द्र नबनाउने भएको केन्द्रले नै सबैलार्ई समेटेर अघि बढ्ने भन्ने थियो । त्यही सिलसिलामा वि.सं. २०२९ मा पुष्पलाल समूहको चौथो सम्मेलन भयो भने वि.सं. २०२८ सालमा मनमोहनलार्ई सेक्रेटरी बनाएर मोहनविक्रमहरूले केन्द्रीय न्युक्लियसको गठन गरे । र त्यसको पहलमा २०३१ सालमा भारतमा चौथो महाधिवेशन गरे ।
त्यो महाधिवेशनले तत्कालका लागि ‘देशभक्त र जनतान्त्रिक शक्तिको सरकार’ को नारा दियो भने पुष्पलालहरूले काँग्रेस–कम्युनिस्टबीच संयुक्त आन्दोलनबाट पञ्चायतको अन्त्य गर्ने कार्यनीति अगाडि सारे । यही बिन्दुबाट सैद्धान्तिक रुपमा पुष्पलाल र मोहनविक्रमको बीचमा एक–अर्कालार्ई काँग्रेसपरस्त र राजापरस्त भन्ने आरोप प्रत्यारोपहरू सुरु भएको पाइन्छ ।
यद्यपि, सबैभन्दा बढी मोहनविक्रमको पूर्वाग्रहले काम गरेको प्रस्टै देखिन्छ । त्यसो त त्यो बेला मोहनविक्रमहरूले अघि सारेको कार्यनीतिले अप्रत्यक्ष रुपमा पञ्चायतभित्र नै छिर्ने खालको दिशा देखाउ“थ्यो । त्यतिबेला पुष्पलालले पञ्चायत विरोधी संयुक्त आन्दोलनलार्ई विशृङ्खलित बनाउने चिन्तनलार्ई अन्त्यन्तै ठाडो आक्रमण गरेका छन् । यसै सन्र्दभमा पुष्पलाल भन्छन्– ‘पञ्चायती व्यवस्था विरोधी सङ्घर्षलार्ई कुण्ठित गर्ने षडयन्त्रमा उनीहरू (मोहनविक्रम, शम्भुराम) व्यस्त देखिन्छन् । स्पष्ट छ यो विचारधारा र गद्दार माझीले व्यक्त गरेको विचारधारामा कुनै पनि रुपमा मौलिक अन्तर छैन
(पुष्पलाल छानिएका रचना भाग २, पृ. ७८) ।
त्यसैगरी जनताका उग्रतम असन्तोषहरूलार्ई क्रान्तिकारी रुप दिनुको साटो उल्टो शाही हुकुमी पञ्चायती व्यवस्थाप्रति सुधारको दृष्टिकोण अपनाइ जनताका उग्रतम असन्तोषहरूलार्ई शिथिल पार्न खोज्नेहरू माओत्सेतुङ विचारधारा र नया“ जनवादी कार्यक्रमको मुकुण्डो लाउन खोज्ने मात्र हुन् (उही पृ. ७९) ।
यसरी मोहन विक्रमहरूले माओत्सेतुङ विचारधारा र नया“ जनवादको आवरणमा तानाशाही व्यवस्था विरोधी आन्दोलनलार्ई कमजोर पार्ने काम गरेर रायमाझीको कोटीमा पुगेको निष्कर्ष पुष्पलालले निकाल्न पुगेको देखिन्छ । पुष्पलाल पनि मोहनविक्रमलार्ई अप्रत्यक्ष ढङ्गले गद्दार रायमाझीस“गै तुलना गर्दै भन्छन्– ‘… मोहनविक्रम… नेपाली जनताको मुख्य दुश्मन राजा नभई नेपाली काँग्रेस हो भनेर गद्दार माझीको बाटो अपनाउन पुगेका छन् ।’ (उही पृ. ८२) पुष्पलालले मोहनविक्रमलार्ई कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेको भन्दै ‘हिजोको मोहनविक्रमले आजको मोहनविक्रमलार्ई गैरमाक्र्सवादी र राजावादी सावित गर्दछ । उनीजस्ता व्यक्तिहरूले पार्टीप्रति गद्दारी गर्दैमा नेपाल कम्युनिस्ट पार्टी आनो नीति र सिद्धान्तबाट विचलित हु“दैन’ (उही पृ. ८४) भनेका छन् । पुष्पलालले मोहनविक्रम र रायमाझी एउटै हुन् भन्दै आज अर्काथरी माझीहरू (मोहनविक्रमहरू –ले.) तयार हु“दैछन् उनीहरू गद्दार माझीको मार्गमा पर्न गएका छन्’ (पृ. ८४–८५) ।
यसरी आपसी मतभेद र अन्तरविरोधको आलोचना गर्ने बहानामा पुष्पलालले पनि मोहनविक्रमप्रति पूर्वाग्रही आरोप लगाएका हुन् कि भन्ने ठाउ“हरू भेटिन्छन् । यद्यपि, पुष्पलालले जति पनि संयुक्त जनआन्दोलनको पक्षमा र दरबारभन्दा काँग्रेस प्रमुख दुश्मन हो भन्ने मोहनविक्रमको सोचाइको आलोचना गरेका छन् । त्यो कुरा सही र यथार्थ थियो भन्ने कुरा घटनाक्रमले पुष्टि भइसकेको छ ।
पुष्पलालले आफ्नो जीवनपर्यन्त पञ्चायती तानाशाहीलार्ई खतम गर्ने तत्कालीन कार्यनीति कम्युनिस्ट र काँग्रेसबीचको संयुक्त आन्दोलन नै हो भन्ने ठहर गरे । कुनै पनि बेला शत्रुपक्षको मुख्य र प्रधान दुश्मन वा हिस्सालार्ई परास्त गर्न अन्य गौणखालका दुश्मनलार्ई पनि उपयोग गर्नुपर्छ भन्ने पुष्पलालको नीति सही सावित भएको छ । जुन कुरालार्ई वि.सं. २०४६ मा मोहनविक्रमले समेत बाध्यताबस् स्वीकार्न पुगेका थिए ।
(लेखकको पुस्तक : अवतरण – २०७५ बाट )
COMMENTS